Political Hightlights

सर्वोच्चको फैसलाविपरीत एमालेले संसद अवरोध गरेको अध्यक्ष नेपालको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ४ गते १८:४८
सर्वोच्चको फैसलाविपरीत एमालेले संसद अवरोध गरेको अध्यक्ष नेपालको आरोप (भिडियो रिपोर्टसहित)

४ पुस २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले सर्वोच्च अदालतको फैसला विपरीत संसद अवरुद्ध पारिरहेको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसलाविपरीत गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाउनु भयो ।

काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा उहाँले एमाले अध्यक्ष केपी ओली अदालतको फैसलालाई मान्य पक्षमा नरहेको दावी गर्नुभयो ।

अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई उठान गरेर संसद अवरुद्ध पार्न नपाउने पनि बताउनु भयो । आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दावी गर्दै उहाँले विरोधीहरुमा छटपटाहट आएको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्