Main News
मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको मन्त्री यादवको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ पुष ३ गते १८:४५

३ पुस २०७८ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालालाई सचेत गराउनुभएको छ ।
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनमा मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडि गुडाउने गरेको कारणले दुर्घटना हुने गरेको बताउनुभयो ।
उहाँले रिकन्डिसन अटो व्यवसायीलाई आफुले खरिद विक्री गर्ने गाडीको अवस्थामा ध्यान दिन आग्रह गर्नुभयो ।
मन्त्री यादवले रिकन्डिसन अटो व्यवसायी काठमाडौं उपत्यका बाहिरका ठूला शहरहरुमा पनि लैजान सके उपभोक्ताले सुविधा लिन सक्ने बताउनुभयो ।
प्रतिक्रिया