भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाइँदै
३ पुस २०७८ काठमाडौं । सरकारले भोलिदेखि विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिँदैछ ।
५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई भोलिदेखि १४ गतेसम्म मोडेर्ना खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को प्रदेश २ को जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ । ५७ जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।
यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान पनि चलाउने भएको छ ।
यस्तै मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ ।
ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया