प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, समाजवादीलाई बोलाए एमाले नजाने

३ पुस २०७८ काठमाडौं । संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
भोलि दिउँसो ४ बजे बोलाइएको बैठकमा एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने विषयमा छलफल हुने भएको छ । तर, प्रमुख प्रतिपक्षी एमालेले नेकपा एकीकृत समाजवादी उपस्थित हुने भए बैठकमा नजाने प्रतिक्रिया दिएको छ ।
एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद अवरुद्ध गर्दै आएको छ । उसले भोलि बोलाइएको सर्वदलीय बैठकमा पनि एकीकृत समाजवादी सहभागी भए बैठक बहिष्कार गर्ने अडान राखेको छ ।
सर्वदलीय बैठकमा एमाले नेताहरु उपस्थित नभए प्रधानमन्त्री देउवाले छुट्टै छलफल गर्ने तयारी गरेको जनाइएको छ ।
संघीय संसदका दुबै सदनमा एमालेको अवरोध कायम रहँदा एमसीसी पेश हुन सकेको छैन । एमसीसी संसदबाट पारित गर्न अमेरिकाले दबाब दिंदै आएको छ ।
प्रतिक्रिया