Main News
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, १८९ संक्रमित थपिँदा २५० संक्रमणमुक्त
२०७८ पुष ३ गते १६:३१

३ पुस २०७८ काठमाडौं । नेपालमा १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् भने थप दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४८३ जनाको पीसीआर परीक्षणमा १ सय ५८ र २ हजार ५१४ एन्टिजेन परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संंख्या ११ हजार ५ सय ७२ पुगेको छ । २ सय ५० जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ५४२८ रहेको छ । पछिल्लो पटक थप १ लाख ११ हजार ९ सय ३८ जनाले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् ।
प्रतिक्रिया