विदेश

सिरमले उत्पादन गरेको कोभोभ्याक्सलाई विश्व स्वास्थ्य सङ्गठनको मान्यता

हिमालय टिभी
२०७८ पुष ३ गते ९:१३
सिरमले उत्पादन गरेको कोभोभ्याक्सलाई विश्व स्वास्थ्य सङ्गठनको मान्यता

३ पुस २०७८ न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाविरुद्धको नयाँ खोप कोभोभ्याक्सलाई मान्यता दिएको छ ।

योसँगै विश्वभर कोरोनाविरुद्धको खोपको मान्यता पाउनेको सङ्ख्या ९ पुगेको छ । भारतको सिरम इन्स्टिच्यूटले बनाएको खोपको नाम कोभोभ्यास टीएम राखिएको छ । कोभोभ्याक्सले मान्यता पाएपछि कम आय भएका मुलुकमा खोप पु-याउन सहज हुने अपेक्षा गरिएको छ ।

सङ्गठनका उपमहानिर्देशक डा. मारियान्जेला सिमोले कोभोभ्याक्सको मान्यतापछि कम आय भएका मुलुक र खोपको पहुँचमा नरहेकाहरूका लागि सहज हुने बताउनुभयो । उहाँले विश्वका ४१ मुलुकमा हालसम्म १० प्रतिशतभन्दा पनि कमले कोरोनाविरुद्धको खोप लगाएको भन्दै ती मुलुककमा कोभोभ्याक्स पठाउन सके सहज हुने पनि बताउनुभयो ।

हालसम्म विश्वका ९८ मुलुकमा कोरोनाविरुद्धको खोप लगाउनेको दर ४० प्रतिशतभन्दा बढी रहेको छ ।

सिरमले कोभोभ्याक्सको उत्पादन र आपूर्तिका लागि अमेरिकाको बायोटेक कम्पनीसँग साझेदारी गरेको कम्पनीका कार्यकारी प्रमुख आदर पुनावालाले जानकारी दिनुभएको छ । सिरमले यसअघि कोभिशिल्ड नामक कोरोनाविरुद्धको खोप उत्पादन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *