विदेश

समुद्री आँधीबाट फिलिपिन्सको सिरगाओ टापु तहसनहस

हिमालय टिभी
२०७८ पुष ३ गते ८:३२
समुद्री आँधीबाट फिलिपिन्सको सिरगाओ टापु तहसनहस

३ पुस २०७८ फिलिपिन्स । समुद्री आँधीबाट फिलिपिन्सको पर्यटकीय टापु सिरगाओ तहस नहस भएको छ ।

दक्षिण फिलिपिन्स हुँदै अघि बढिरहेको शक्तिशाली समुद्री आँधीले त्यहाँको लोकप्रिय पर्यटकीय क्षेत्र तहसनहस बनाएको अधिकारीहरूले बताएका छन् ।

मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित आएको राई समुद्री आँधीले भारी वर्षा भएको थियो ।

आँधीले बाटोमा परेका घरहरू ढलाउँदा हजारौं मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित भएका जनाएको छ।

आँधीमा परी हिजोसम्म १२ जनाको मृत्यु भैसकेको छ । त्यस्तै रुख र विद्युतका तार र खम्बाहरू ढलेका छन् । बाढीपछि हजारौंको संख्यामा मानिस घर छोडेर सुरक्षित स्थलतर्फ गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *