Main News
एमसीसीका नाममा ओलीले गठबन्धन तोड्न खोजेको अध्यक्ष नेपालको आरोप
२०७८ पुष २ गते १८:४९
२ पुस २०७८ काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी अगाडि सारेर एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धन तोड्न खोजेको आरोप लगाउनु भएको छ ।
पार्टी निकट अनेरास्ववियुको लुम्बिनी प्रदेशस्तरीय सम्मेलनमा अध्यक्ष नेपालले एमसीसीका विषयमा एमालेको प्रष्ट दृष्टिकोण आउनुपर्ने बताउनुभयो ।
एमसीसीकै कारण हिजोका दिनमा पार्टीमा ठुलो विवाद भएको बताउँदै अध्यक्ष नेपालले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र कसैको सुरक्षा घेरामा नबस्ने बताउनुभयो । सार्वभौम अधिकार र सार्वभौम सत्तालाई कुन्ठित हुन दिने पक्षमा आफूहरु नरहेको प्रष्ट पार्नु भयो ।
प्रतिक्रिया