Main News

प्रधानमन्त्री कार्यालय पुगेर देउवासमक्ष रिजालको राजीनामा

हिमालय टिभी
२०७८ पुष १ गते १५:२५
प्रधानमन्त्री कार्यालय पुगेर देउवासमक्ष रिजालको राजीनामा

१ पुस काठमाडौं । रक्षामन्त्री मीनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको छ ।

कांग्रेसको महामन्त्रीमा हार व्यहोरेपछि रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबार पुगेर रिजालले राजीनामा बुझाउनुभएको हो ।

त्यसअघि प्रारम्भिक मतपरिणाम आएलगतै आफू पराजित हुने संकेत पाएपछि उहाँले राजीनामा घोषणा गर्नुभएको थियो । रिजाल गत असोज २२ गते रक्षामन्त्रीमा नियुक्त हुनुभएको थियो ।

राजीनामापत्र बुझाएलगत्तै पत्रकार सम्मेलन गरी रिजालले अब सक्रिय राजनीतिमा नरहने संकेत गर्नुभएको छ । यद्यपी यसबारे अहिले नै केही निर्णय भइनसकेकाे उहाँको भनाई छ । जनताप्रतिको आफ्नो उत्तरदायीत्व पूरा गर्न भने प्रतिवद्ध रहेकाे रिजालले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *