Main News

आज विभिन्न ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने

हिमालय टिभी
२०७८ मंसिर २९ गते ८:५६
आज विभिन्न ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने

२९ मंसिर २०७८ काठमाडौं । आज देशका विभिन्न ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले आज प्रदेश १, २, बागमती र गण्डकीको मौसम आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार यो प्रणालीको प्रभाव आज र भोलि नै पर्ने देखिएको छ ।

नेपाल प्रवेश गर्ने अर्को नयाँ प्रणालीको प्रभावले पर्सिबाट सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली गराउने र केही ठाउँमा हल्का वर्षा र हिमपात पनि हुने उहाँले बताउनुभयो ।

काठमाडौंको आज बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जानकारी दिएको छ । यसअघि हिजो काठमाडौंको तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *