आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने, तराईमा हुस्सु र कुहिरो लाग्ने क्रम बढ्यो

२६ मंसिर २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहेको बताएको छ ।
महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण मौसम सामान्यतया सफा रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहि देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा आज दिउँसो गण्डकी र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने उल्लेख छ।
यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।महाशाखाका अनुसार तराईका धेरै स्थानमा बिहान हुस्सु र कुहिरो लागेको छ । घाम छिप्पिँदै गएपछि हुस्सु र कुहिरो हट्दै जाने महाशाखाले जनाएको छ ।
महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया