Main News

राजतन्त्रको भूत जगाउने कोशिस भइरहेको अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २५ गते १९:१२
राजतन्त्रको भूत जगाउने कोशिस भइरहेको अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्रको भूत जगाउने कोशिस भइरहेको बताउनु भएको छ ।

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सामन्तवादको प्रतिकको रुपमा रहेको राजतन्त्रको भूत जगाउने कोसिस नगर्न चेतावनी दिनुभयो ।

अहिले दलहरुको महाधिवेशनमा बिचार मन्थन भएको र त्यसबाट क्रियाप्रतिक्रिया उत्पन्न भईरहेको बताउँदै उहाँले अग्रगामी सोच राख्न नयाँ पुस्तालाई सुझाव दिनुभयो ।

नेपाली कांग्रेसको महाधिवेशन पछि सरकारले गति लिने बताउँदै अध्यक्ष नेपालले गठबन्धनको सरकार मिलेर निर्वाचनसम्म जाने दाबी गर्नुभयो ।

निर्वाचनमा दलहरुसँग गठबन्धन गरेर अघि बढे पनि पार्टी एकताको अहिले कुनै सम्भावना नरहेको अध्यक्ष नेपालको भनाइ थियो । यद्यपी नेपालका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्दै अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *