विदेश

कोरोनाविरुद्धको बुस्टर डोज ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी

हिमालय टिभी
२०७८ मंसिर २५ गते ७:४८
कोरोनाविरुद्धको बुस्टर डोज ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी

२५ मंसिर २०७८लण्डन । बेलायतका वैज्ञानिकहरुले कोरोनाविरुद्धको बुस्टर डोज ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी रहने बताएका छन् ।

तर दुई डोजले मात्र ओमिक्रोनलाई रोक्न पर्याप्त नहुने उनीहरुको भनाइ छ । बेलायतमा कोरोनाको ओमिक्रोन र डेल्टा केसहरूको प्रारम्भिक विश्लेषणले ओमिक्रोन भेरियन्ट रोक्न खोपहरू कम प्रभावकारी देखिएपछि वैज्ञानिकहरुले यस्तो भनाइ आएको हो ।

तर बुस्टर डोजले भने करिब ७५ प्रतिशत मानिसलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको पाइएको छ ।

ओमिक्रोन भेरियन्ट पहिलो पटक देखा पर्दा यसले खोपहरूलाई कम प्रभावकारी बनाउने चिन्ता थियो । बेलायतमा थप ४ सय ४८ वटा ओमिक्रोनका नयाँ संक्रमित फेला परेका छन् । योसगै त्यहाँ ओमिक्रोनका १ हजार २ सय ६५ जना संक्रमित पुगेका छन् ।

बेलायतमा कोरोना संक्रमितको दैनिक संख्याले भने जनवरीयताकै रेकर्ड कायम गर्दै ५८ हजार नाघेको छ । परिवर्तित ओमिक्रोन संस्करण पहिलो पटक देखा पर्दा यसले खोपहरूलाई कम प्रभावकारी बनाउने चिन्ता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *