Main News

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, २५९ संक्रमित थपिँदा ३३७ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ मंसिर २४ गते १६:३९
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, २५९ संक्रमित थपिँदा ३३७ संक्रमणमुक्त

२४ मंसिर २०७८ काठमार्डौं । नेपालमा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् भने थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ७२ जनाको पीसीआर परीक्षणमा २ सय ३२ जना र ४ हजार १५ जनाको एन्टीजेन परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो । यो कूल परीक्षणको २ दशमलब चार छ प्रतिशत हो ।

हिजो संक्रमण दर २ दशमलब दुई तीन प्रतिशत थियो । पछिल्लो पटक थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका १ सय २८ छन् । जसमा काठमाडौका ७९, ललितपुरका ४२ र भक्तपुरका ७ जना छन् ।

थप तीन जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५२ पुगेको छ । यस्तै थप ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ९७ रहेको छ । पछिल्लो पटक ३ लाख २९ हजार ३ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *