Main News

विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न राष्ट्रपतिको आव्हान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २२ गते १७:०६
विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न राष्ट्रपतिको आव्हान (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भएको छ ।

भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवको जगमा उभिएर सुरक्षित मुलुक निर्माणतर्फ लाग्न उहाँले आह्वान गर्नु भएको हो ।

काठमाडौंमा शुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाई अन्तराष्ट्रिय समूदायका लागि समेत अनुकरणीय हुने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले पुनर्निर्माण कार्यलाई अघि बढाउन तीनै तहको सरकारको उल्लेखनीय सहयोग रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *