विदेश

भारतीय सेना प्रमुख हेलिकोप्टर दुर्घटनाग्रस्त, चार जनाको शव फेला

हिमालय टिभी
२०७८ मंसिर २२ गते १४:५४
भारतीय सेना प्रमुख हेलिकोप्टर दुर्घटनाग्रस्त, चार जनाको शव फेला

२२ मंसिर २०७८ नयाँ दिल्ली । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकोप्टर तमिलनाडूको कुनुर भन्ने स्थानमा दुर्घटनामा परेको छ ।

भारतीय वायु सेनाको उक्त हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु हुँदा सेना प्रमुख रावतको स्थिती भने अज्ञात छ ।

हेलिकोप्टरमा सेनाका प्रमुख रावत, उनकी श्रीमती लगायत १४ जना सवार रहेको भारतीय संचारमाध्यमले पुष्टि गरेका छन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको छ ।

अहिलेसम्म तीन जनाको जिवितै उद्धार गरिएको छ । गम्भीर अवस्था रहेका उनीहरुलाई अस्पताल पु¥याइएको छ । दुई जनाको शरीर ८० प्रतिशत जलेको बताइएको छ । सेना प्रमुख रावत कुनुरस्थित वायु सेना आधार स्थलतर्फ जाँदै गरेको बेला उत्त घटना भएको हो ।

भारतीय सेनाको वेबसाइटमा दुर्घटनाग्रस्त हेलिकोप्टरबाट आगोको मुस्लो देखिएको भिडियो सार्वजनिक गरिएको छ । सेना प्रमुख रावत भारतीय स्थल, जल र वायु सेना समेतका प्रमुख हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *