Political Hightlights

कांग्रेस नेता आङदेम्बेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

हिमालय टिभी
२०७८ मंसिर २१ गते ६:०९
कांग्रेस नेता आङदेम्बेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

२१ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

उहाँले पत्रकार सम्मेलन गरी महाधिवेशनमा आदिवासी÷जनजाति क्लष्टरको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरअन्तर्गत आठजना सहमहामन्त्री रहने व्यवस्था छ । नेता आङ्देम्बेले पार्टीलाई वैचारिकरूपमा स्पष्ट, साङ्गठनिकरूपमा गतिशील र भावनात्मकरूपमा एकताबद्ध तथा अनुशासित र प्रशिक्षित कार्यकर्ताको ऊर्जाशील अभियानका रूपमा विकास गर्न आफूले उम्मेदवारी दिने बताउनुभयो ।

साथै उहाँले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले तीनै तहका आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन समस्त लोकतन्त्रवादीलाई एकताबद्ध पार्न राष्ट्रियरूपमा लोकतान्त्रिक पुनःजागरण अभियान सञ्चालन गर्नेलगायत विभिन्न १३ एजेन्डा अघि सार्नुभएको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्