Main News

राप्रपाको नवनिर्वाचित पदाधिकारी र सदस्यको सपथमा कमल थापा अनुपस्थित

हिमालय टिभी
२०७८ मंसिर १९ गते १६:०२
राप्रपाको नवनिर्वाचित पदाधिकारी र सदस्यको सपथमा कमल थापा अनुपस्थित

१९ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिनु भएको हो । नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिनुभयो ।

त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराउनु भएको थियो । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई अध्यक्ष लिङदेनले सपथ खुवाउनु भएको थियो ।

सपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित हुनु भएको थियो भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी हुनु भएको थिएन । कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो ।

काठमाडौंको भृकटीमण्डपमा आज बिहान सम्पन्न एकता महाधिवेशनले लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित हुनु भएको थियो । राप्रपाको १९९ सदस्यीय केन्द्रिय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *