ए डिभिजन लीगमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७८ मंसिर १८ गते ७:४२
ए डिभिजन लीगमा आज पनि दुई खेल हुँदै

१८ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।

पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्नेछन् । संकटा आज दोस्रो जितको खोजीमा रहेको छ । संकटा २ खेलमा ४ अंक जोड्दै पाँचौं स्थानमा छ ।

त्यस्तै मनाङको लक्ष्य भने लगातार तेस्रो जित निकाल्ने हुनेछ । अपराजित मनाङ २ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ । आजको खेल जिते मनाङ शीर्ष स्थानमा उक्लने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।

यस्तै अर्को खेलमा च्यासल युथ क्लब र न्यूरोड टीम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । च्यासल आज दोस्रो जित निकाल्ने दाउमा हुनेछ । दुई खेल खेलेको च्यासलले एकमा जित र एक खेल हारेको छ ।

आठौं स्थानमा रहेको च्यासको ३ अंक छ । उता एनआरटी भने आज पहिलो जितको खोजीमा हुनेछ । २ खेलबाट एनआरटीले १ अंक जोडेको छ । एनआरटी १२ औं स्थानमा छ । सोही मैदानमा खेल साँझ पौने पाँच बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *