Main News

जाडोसँगै हिटर र गिजरको प्रयोग बढ्दो, सावधानी अपनाउन विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १७ गते १८:३६
जाडोसँगै हिटर र गिजरको प्रयोग बढ्दो, सावधानी अपनाउन विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७८ काठमाडौं । चिसो बढेसँगै शहरी तथा ग्रामीण भेगमा ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग बढ्दै जान्छ । चिकित्सकहरुले भने ग्यास गिजर र विद्युतीय हिटर प्रयोग नै नगर्न सुझाएका छन् ।

जाडो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन अहिले बजारमा ग्यास गिजर र विद्युतीय हिटरहरु सहजै पाइन्छन्। त्यसैले आगोबाट पानी तताउने वा घर तातो बनाउने प्रचलन घटेको छ ।

ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि स्वास्थ्यको लागि भने यी सामग्री हानिकारक छन् । ग्यास गिजर प्रयोग गर्दा कार्वनमोनोअक्साइडको मात्रा बढी निस्किने भएकाले सावधानी नअपनाई यसको प्रयोग गर्दा ज्यानै जाने खतरा समेत हुन्छ ।

ग्यास गिजर जस्तै विद्युतीय हिटर पनि स्वास्थ्यका लागि हानीकारक छ । हुन त, सावधानीपूर्वक ग्यास गिजर, विद्युतीय हिटरको प्रयोग गर्ने हो भने समस्या झेल्नु पर्दैन ।

तर पर्याप्त हावा आवतजावत नगर्ने ठाउँमा ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा समस्या हुने गर्छ । त्यसैले सावधानी पूर्वक हिटरको प्रयोग गर्नुपर्नेमा चिकित्सकको जोड छ ।

सावधान हुँदाहुँदै पनि ग्यास गिजर प्रयोग गरिरहेकाहरु बाथरुममा नै बेहोस हुने, हिटर बालेर सुतेकाहरुको मृत्यु भएका खबर पनि हामीले सुन्दै र कतिपय भोग्दै पनि आएका छौं । यदि कोही व्यक्ति ग्यास गिजर र हिटरको प्रयोगका कारण बेहोस भएको अवस्थामा तत्कालै के गर्ने त ?

नेपालमा ग्यास गिजर, हिटर प्रयोग गर्दा कति व्यक्तिको मृत्यु भएको छ भन्ने तथ्याकं छैन । तर चिसो मौसम सुरु भएसँगै अस्पतालहरुमा भने ग्यास गिजर, हिटर प्रयोग गर्दा समस्या भएका व्यक्तिहरुको संख्या बृद्धि हुने गरेको चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *