Main News

मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने

हिमालय टिभी
२०७८ मंसिर १७ गते ९:३६
मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने

१७ मंसिर २०७८ काठमाडौं । देशका धेरै ठाउँको मौसम पूर्ण रुपमा खुल्न अझै केहीदिन लाग्ने मौसमविद्ले बताएका छन् ।

देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपात गराउने प्रणाली सक्रिय भएकाले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न अझै केहीदिन लाग्ने मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली हुनेछ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भेगको धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।

यस्तै राति सुदूरपश्चिममा यी प्रणालीको प्रभाव कम हुँदै गएपनि कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भ(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा भने हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगको केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

यो प्रणाली भोलिदेखि कमजोर हुँदै गएपनि पर्सि फेरि अर्को प्रणाली प्रवेश गर्न लागेकाले देशभरीकै मौसम पूर्ण रुपमा खुल्न भने समय लाग्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *