Main News

आजदेखि मतदाता नामावली सङ्कलन हुने

हिमालय टिभी
२०७८ मंसिर १७ गते ९:३३
आजदेखि मतदाता नामावली सङ्कलन हुने

१७ मंसिर २०७८ काठमाडौं । निवार्चन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन गर्दैछ । आयोगले आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने बताएको छ ।

अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले ६ सय ३७ वटा स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन शुरु गर्ने भएको छ । मतदाता नामावली सङ्कलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र तराई, भित्री मधेश तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

१८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका आम नागरिक तथा विभिन्न सरोकारवालाहरूलाई स्थानीयस्तरमै पुगी मतदाता नामावली दर्ता गराउन निर्वाचन आयोगले सबै समक्ष अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *