Main News

१ लाख ८८ हजार मात्रा मोडर्ना खोप आइपुग्दै

हिमालय टिभी
२०७८ मंसिर १७ गते ९:२९
१ लाख ८८ हजार मात्रा मोडर्ना खोप आइपुग्दै

१७ मंसिर २०७८ काठमाडौं । सरकारले कोभ्याक्स सुविधामार्फत आज मोडर्नाको खोप ल्याउँदैछ ।

आज १ लाख ८८ हजार मात्रा मोडर्ना खोप नेपाल आउन लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताउनुभयो ।

कतार एयरलाइन्सको विमानबाट दिउँसो पौने तीन बजे खोप आइपुग्नेछ । मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *