Main News

बाघको गणना हुँदै, नौ सय क्यामेरा तथा एक सय गणक परिचालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १७ गते ६:३९
बाघको गणना हुँदै, नौ सय क्यामेरा तथा एक सय गणक परिचालन (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७८ चितवन । बाघको यकिन संख्या पत्ता लगाउन आगामी आइतबारबाट बाघको गणना हुने भएको छ । राष्ट्रिय बाघ सर्वेक्षणमा नौ सय क्यामेरा तथा एक सय जना गणक परिचालन हुने छन् ।

बाघ गणनाको शुरुवात चितवन राष्ट्रिय निकुञ्जको सौराहाबाट हुनेछ । निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा नौ सय वटा क्यामेरा र एक सय गणक परिचालन गर्ने भएको छ । देशभर बाघ पाइने निकुञ्जलाई तीन वटा कम्प्लेक्समा विभाजन गरेर बाघ गणनाको तयारी गरिएको छ ।

पहिलो कम्प्लेक्समा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज रहेका छन् । यस कम्प्लेक्समा २० दिनमा गणना गरेर सक्ने तयारी निकुञ्जको छ । निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर राष्ट्रिय वन क्षेत्रमा समेत बाघ भेटिएकाले सर्लाहीसम्म बाघ गणना गर्न क्यामेरा ट्यापिङ गरिनेछ ।

बाघ गणनाका क्रममा प्रत्येक स्थानमा एक जोडी क्यामेरा राखिदैछ । एकजोडी क्यामेराको दूरी ८ देखि १६ मिटरसम्म हुन्छ । जमिनबाट करिब ४५ देखि ६० सेन्टिमिटरको उचाईमा क्यामेरा राखिदैछ ।

बाघ हिँड्ने बाटोलाई केन्द्रमा राख्दै बाघ गणनाका लागि चार देखि ८ मिटरको दूरीमा क्यामेरा राखिनेछ । नेपालमा बाघ पाइने क्षेत्रमध्ये चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई दोस्रो कम्प्लेक्स तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कञ्चनपुरको पुनर्वासमा पर्ने लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघ गणना हुँदैछ ।

चितवन–पर्सा कम्प्लेक्सलाई पनि तीन वटा क्लस्टरमा विभाजन गरेर बाघ गणना गरिनेछ । बाघ गणनाको नजिता भने सन् २०२२ को मार्चभित्र सार्वजनिक हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *