Main News

‘नयाँ बसपार्कलाई २४सैँ घण्टा सञ्चालन गर्नुपर्छ’

हिमालय टिभी
२०७८ मंसिर १६ गते ६:४०
‘नयाँ बसपार्कलाई २४सैँ घण्टा सञ्चालन गर्नुपर्छ’

१६ मंसिर २०७८ काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कलाई २४सैं घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ ।

नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित गरेर सञ्चालन गरेको उपहार योजना वितरण कार्यक्रममा बुधबार आयोजित कार्यक्रममा वक्ताले नयाँ बसपार्कलाई २४सैँ घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको बसपार्क नयाँ बसपार्कलाई २४सैँ घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । “नयाँ बसपार्क २४सैँ घण्टा सञ्चालन गर्नका लागि व्यवसायी तयार छन्”, राज्यले आवश्यक सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले विगत १४ वर्षदेखि कान्तिपुर मलले उपहार योजना सञ्चालन गर्दै आएको बताउनुभयो ।

कान्तिपुर मल व्यापार सङ्घका अध्यक्ष जीतबहादुर कटुवालले कोरोनाले थला परेको व्यवसाय क्षेत्रलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताउनुभयो । सोही कार्यक्रममा उपहार योजनामा प्रथम हुने काठमाडौँ कपनकी यमुना वाग्लेलाई रु दुई लाख ९० हजार मूल्य बराबरको १५० सिसीको यामाहा कम्पनीको मोटरसाइकल, दोस्रो हुने चितवनका समीर भट्टराईलाई रु दुई लाख ६७ हजार ९०० पर्ने १२५ सिसीको यामाहा कम्पनीको स्कुटर, तेस्रो हुने लमजुङकी सरिता अधिकारीलाई रु ४० हजार मूल्य बराबरको टेलिभिजन र चौथो हुने चन्द्रा खड्कालाई रु २५ हजार बराबरको फ्रिज प्रदान गरिएको थियो ।

विसं २०६४ देखि सञ्चालनमा रहेको कान्तिपुर मलमा करिब २०० व्यावसायिक सटर सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *