Main News

राप्रपाले नेतृत्व पुस्तान्तरणको सन्देश दिन सक्ला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १५ गते २०:३९
राप्रपाले नेतृत्व पुस्तान्तरणको सन्देश दिन सक्ला ? (भिडियो रिपोर्टसहित)

१५ मंसिर २०७८ काठमाडौं । राजनीतिमा पुराना पुस्तालाई नयाँ पुस्ताले चुनौति दिन सकेको छैन । तर राप्रपामा भने नयाँ पुस्ता हाबी हुँदै गएको देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई बैकल्पिक धारको दाबी गर्दै राजनीतिमा होमिएको छ । तर राप्रपाले के नेतृत्व पुस्तान्तरणको सन्देश दिन सक्ला त ?

राप्रपाले राष्ट्रियता, प्रजान्त्र र उदारवादको नारा सहित महाधिवेशबाट नयाँ प्रतिनिधि चयन गर्दै छ । अन्य दलहरु धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा अगाडी बढिसकेको अवस्थामा राप्रपा राजतन्त्र र हिन्दुराज्य पक्षमा उत्रिएको छ । यसरी नेपाली राजनीतिकमा पुरानै विचारलाई आगाडी सारेर वैकल्पिक शक्ति बन्ने होडमा राप्रपाले अगाडी पाइला चालेको छ ।

राप्रपामा अहिले महाधिवेशनमा उत्रिएको नेतृत्वले समेत हिन्दू, राजा र संघीयता खारेजीकै एजेण्डा बनाएका छन् । राप्रपामा लाग्ने नेतादेखि कार्यकर्तासमेत राप्रपाले अहिले उठाएका मुद्दा देशका लागि आवश्यक रहेको दावी गर्छन् ।

राप्रपामा अहिले कमल थापा र राजेन्द्र लिङ्देनबीच देखिएको कडा टक्करले समेत राप्रपालाई पछि हट्ने भन्दा अघि बढ्न दवाव बढिरहेको छ । तर गणतन्त्र स्थापनापछि पनि दलहरुले देश र जनताका लागि उपलब्धीमूलक काम गर्न नसकेकाले राप्रपा त्यो अवसर समात्ने दाउँमा छ ।

राप्रपामा देखिएको नेतृत्व पुस्तान्तरणको माहोलले आगामी दिनमा अन्य ठूला भनिएका राजनीतिक दललाई समेत चुनौती दिन सक्ने छ । पुरानो पार्टी भएपनि गणतन्त्रवादी शक्तिहरुले जनपक्षीय कम गर्न नसक्ने वा नचाहने हो भने राप्रपा जस्ता पुराना पञ्चहरुको पार्टीले ती शक्तिहरुलाई पाखा लगाउन धेरै समय कुर्न नपर्ने हुन सक्छ । र पछिल्लो राजनितिक गन्जागोलको फाइदा उठाउन खोजिरहेको राप्रपालाई परिवर्तनविरोधी एजेण्डामा स्थापित गर्न दिने नदिने परिवर्तनशील पार्टीहरुकै हातमा छ । किनकी नेपालमा जनमत उल्टिन धेरै समय लाग्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *