राप्रपा महाधिवेशनमा पुरानो र नयाँ पुस्ता भिडन्तमा उत्रिने निश्चित (भिडियो रिपोर्टसहित)
१४ मंसिर २०७८ काठमाडौं । फरक राजनीतिक विचार बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा एकताको महाधिवेशनमा केन्द्रित बनेकोछ । बुधबारबाट शुरु हुने महाधिवेशनमा पुरानो र नयाँ पुस्ता भिडन्तमा उत्रिने निश्चित छ । राप्रपाका अध्यक्ष कमल थापाले अध्यक्षमा आफूलाई दोहोर्याउने हुनुभएको छ भने उहाँलाई राजेन्द्र लिङ्देनले चुनौति दिन लाग्नुभएको छ ।
पटक–पटक विभाजन र एकता गर्दै आएका पूर्वपञ्चहरुको दल राप्रपाले यसपटकको महाधिवेशनलाई एकताको महाधिवेशन भनेको छ । राप्रपा एकिरकणपछि तीन अध्यक्ष रहेका थिए । यो महाधिवेशनले एक अध्यक्ष चयन गर्नेछ । राप्रपामा अहिले कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिएका छन् ।
तीन वर्ष अध्यक्ष भएर पार्टीको नेतृत्व गरेका थापा र राप्रपाको नेतृत्व अव नयाँ पुस्ताले गर्नुपर्ने भन्दै लिङ्देन पक्ष चुनावी मैदानमा उत्रिएका छन् । दुई अध्यक्षक बिच टक्कर भएपछि वरिष्ठ नेताहरू पनि दुई खेमामा खुलेरै लागेका छन ।
थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा लगायतको साथ छ भने लिङदेनलाई डाक्टर प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणा लगायतको साथछ । पशुपति शम्शेर राणा भने कतैपनि खुल्नुभएको छैन । तर, थापा पक्षले राणाको साथ आफूलाई हुने दाबी गर्दै आएको छ । टुटफुटको बिगतलाई बिर्सनका लागि राप्रपाको एकता अधिवेशन हुने नेताहरु बताउछन ।
लिङ्देनको अध्यक्षमा दाबी रहँदा नेतृत्व हस्तान्तरणको विषय राप्रपामा जबरजस्त विषय प्रवेश भएको छ । राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले नेतृत्व हस्तान्तरणका लागि खुल्ला छाती बनाउन अरु दुई अध्यक्षहरु थापा र राणालाई आग्रह गर्नुभएको छ ।
३ पटक अध्यक्ष भएका कमल थापालाई पुराना पुस्ताको साथ रहँदा लिङ्देन युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ । पुराना पुुुस्ता र नयाँ पुस्ताको बिचको लडाई भएका कारण महाधिवेशको निर्वाचन प्रक्रिया अघिसम्म पनि प्रतिनिधि तानातानको अवस्था छ । प्रतिनिधीहरु पनि पुरानो र नयाँ पुस्तामा विभाजित हुँदैगएका छन् ।
तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण भएर राप्रपा महाधिवेशनमा प्रवेश गरेको हो । हिन्दू धर्म र राजसंस्थालाई आफ्नो मूल लक्ष्य बनाएको राप्रपा अगल शक्तिका रुपमा उभिएको छ । अन्य राजनितिक दलहरु गणतन्त्र, धर्मनिमेक्षता र संघियता भनेर आगाडि बढेको अवस्थामा राप्रपाको नयाँ नेतृत्वका लागि चुनौति छ ।
प्रतिक्रिया