राजनीति

यस्ता छन् एमाले महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरु (सूचिसहित)

हिमालय टिभी
२०७८ मंसिर १४ गते २०:३४
यस्ता छन् एमाले महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरु (सूचिसहित)

१४ मंसिर २०७८ चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली सर्वाधिक मतका साथ विजयी हुनुभएको छ । उहाँले एक हजार ८३७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्याशी डा भीमबहादुर रावलले २२३ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले एक हजार ९७६, सुरेन्द्रप्रसाद पाण्डेले एक हजार ९२५, सुवासचन्द्र नेम्वाङले एक हजार ८६५, विष्णु पौडेलले एक हजार ८५६, युवराज ज्ञावलीले एक हजार ८४२ र रामबहादुर थापाले एक हजार ७६८ मत ल्याई विजयी हुनुभएको छ । उपाध्यक्षका प्रत्याशी घनश्याम भुसालले भने ७२५ मत मात्र प्राप्त गर्नुभयो ।

सचिव पदमा गोकर्ण विष्टले एक हजार ९७४, योगेश भट्टराईले एक हजार ९६०, पद्माकुमारी अर्यालले एक हजार ७९९, छविलाल विश्वकर्माले एक हजार ८०३, लेखराज भट्टले एक हजार ७०४, टोपबहादुर रायमाझीले एक हजार ८०४ र रघुविर महासेठले एक हजार ५०० मत ल्याई विजयी हुनुभएको छ । सो पदका प्रत्यासी भीमप्रसाद आचार्यले ७८८ र टङ्कप्रसाद कार्कीले ५५९ मत प्राप्त गर्नुभयो ।

यसअघि नै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदिप ज्ञावली तथा विष्णु रिमाल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सदस्यमा प्रदेश नं १ बाट खुल्लामा किशोरकुमार अधिकारी, टङ्क आङ्वुहाङ (लिम्बु), तिलकुमार मेन्याङ्वो लिम्बु, परसुराम अधिकारी, वसन्तकुमार नेम्वाङ र राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । प्रदेश नं १ को महिलातर्फ केन्द्रीय सदस्यमा उषाकला राई, मञ्जु भण्डारी र मेनुका काफ्ले विजयी हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेश महिला सदस्यमा कमलाकुमारी ओली, कुमारी कमला बोहोरा र सन्तोष शर्मा थापा विजयी हुनुभएको छ । यस्तै दलित खुल्ला सदस्यमा ईश्वरी रिजाल, गोविन्दबहादुर नेपाली, जङ्गबहादुर नेपाली, जीतु गौतम, पुरनसिंह दयाल, बोमबहादुर विश्वकर्मा, रामदयाल मण्डल र रामप्रित राम विजयी हुनुभएको छ ।

थारु खुल्ला सदस्यमा गौरीशङ्कर थारु चौधरी, कृपाराम राना थारु, बलवीरप्रसाद चौधरी, बैजनाथ चौधरी र जयप्रकाश थारु विजयी हुनुभएको छ । यस्तै पिछडिएको क्षेत्रबाट सदस्यमा भैरवसुन्दर श्रेष्ठ, मोहन बानियाँ र लालबहादुर थापा विजयी हुनुभएको छ ।

खुल्ला केन्द्रीय सदस्यमा अग्निप्रसाद खरेल, अच्युतप्रसाद मैनाली, अरुण नेपाल, कमलप्रसाद चौलागाईं, कपिलदेव पोखरेल, कर्णबहादुर थापा, काशीनाथ अधिकारी, किरण गुरुङ, किरण पौडेल, किशोरबिक्रम मल्ल, कुमार दसौदी, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद दाहाल, कृष्णप्रसाद पौडेल, कृष्णबहादुर थापा, खगराज अधिकारी, खड्कबहादुर खड्का, खिमलाल भट्टराई र गणेशकुमार पहाडी विजयी हुनुभएको छ ।

यस्तै खुल्लातर्फ नै गणेशसिंह ठगुन्ना, गिर्धारीलाल न्यौपाने, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गोविन्द थापा, घनश्याम पाण्डे, घनश्याम भुसाल, चन्द्रबहादुर खड्का, चेतनारायण आचार्य, जगन्नाथ थपलिया, जीवन घिमिरे, झपटबहादुर रावल, टङ्कप्रसाद कार्की, ठाकुरप्रसाद गैरे, डा राजन भट्टराई, दधिराम न्यौपाने, दयालबहादुर शाही, दल रावल, दिवाकर देवकोटा, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, देवेन्द्र दाहाल, नरबहादुर धामी, नवराज रावत, नारायणबहादुर सिलवाल, निर्मल भट्टराई, पठानसिंह बोहरा र पर्शुराम मेघी गुरुङ विजयी हुनुभयो ।

त्यस्तै सदस्यमै पार्वत गुरुङ, पुरुषोत्तम पौडेल, प्रकाशबहादुर साह, बलराम अधिकारी, बालकृष्ण ढुङ्गेल, भानुभक्त ढकाल, भिमप्रसाद आचार्य, भीमबहादुर कार्की, भीमबहादुर रावल, मणिचन्द्र थापा, मनोजगङ्ग थापा, महेश बस्नेत, माधवप्रसाद अर्याल, यज्ञराज सुनुवार, यामलाल कँडेल र रघुजी पन्त विजयी हुनुभएको जनाइएको छ ।

साथै रवीन कोइराला, रविन्द्र अधिकारी, राजबहादुर बुढा क्षेत्री, राजीव पहाडी, राजेन्द्रप्रसाद गौतम, राम राना, रामशरण बस्नेत, रामेश्वर फुँयाल, रोमनाथ ओली, लक्ष्मणराज ज्ञवाली, लक्ष्मी पोखरेल, विनोदप्रसाद ढकाल, शिवराज सुवेदी, शेरबहादुर तामाङ, शेरधन राई, श्रीप्रसाद जवेगु, सञ्जीवकुमार झा, सूर्य ढकाल, सूर्य थापा, सोम मिश्र र हिक्मतकुमार कार्की सदस्यमा विजयी हुनुभएको छ ।

निर्वाचनमा दुई हजार १५३ मतमध्ये २०९६ मत खसेको थियो । यही मङ्सिर १० गते नारायणी नदी किनारमा सुरु भएको उद्घाटनको बन्द सत्र सौराहामा भएको थियो । निर्विरोध गर्ने प्रयास सफल हुन नसकेपछि आज बिहान ४ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदान गरिएको हो । अन्य धेरै क्षेत्रका पदमा भने निर्विरोध भएको थियो ।

त्यसैगरी नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा अधिकांश पदमा निर्विरोध भएको छ । महाधिवेशनमा १७५ पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

यसैगरी केन्द्रीय अनुशासन आयोगमा र केन्द्रीय लेखा आयोगमा २५/२५ जना निर्विरोध निर्वाचित हुनुभएको छ ।

एमालेको केन्द्रीय समिति ३०१ सदस्य रहेको छ । त्यसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली तथा विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित हुनुभएको हो ।

यसैगरी प्रदेश नं २ मा खुलातर्फ अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ र सुमन प्याकुरेल निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश नं २ को महिलातर्फ कल्पनाकुमारी कटुवाल र रन्जना सरकार निर्विरोध निर्वाचित हुनुभएको एमालेको निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो ।

बागमती प्रदेशको खुला सदस्यमा आनन्दप्रसाद पोखरेल, कृष्णबहादुर राई, कैलाशप्रसाद ढुङ्गेल, खेमप्रसाद लोहनी, रामेश्वर रानामगर र सरेश नेपाल निर्विरोध निर्वाचित हुनुभएको हो । महिलातर्फ पार्वती रावल, पेम्बा लामा र रचना खड्का निर्वाचित हुनुभएको छ ।

गण्डकी प्रदेशको खुल्ला सदस्यमा इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी निर्विरोध हुनुभएको हो । गण्डकी प्रदेशको महिलातर्फ नरदेवी पुनमगर, मीनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री निर्विरोध हुनुभएको छ ।

लुम्बिनी प्रदेशको खुला सदस्यमा खेममान खड्का, दिनेश पन्थी, नवीन रोक्का मगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्वाचित हुनुभएको छ भने महिलातर्फ मेनका पोखरेल, सरिता खनाल र साविता अर्याल निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशको खुलातर्फ गुलाबजङ्ग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नगिन्द्र शाही, नीरज आचार्य र विष्णु रिमाल एवं महिलातर्फ तीर्था गौतम, मीना सिंह रखाल र मनमाया ढकाल निर्विरोध निर्वाचित हुनुभएको हो ।

सुदूरपश्चिमको खुला सदस्यमा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, झपडबहादुर बोहोरा, नारदमणि राना, भैरवबहादुर सिंह र लिलाधर भट्ट निर्वाचित हुनुभएको छ । उपत्यका विशेष खुला सदस्यमा माधव ढुङ्गेल, महिलामा वीनाकुमारी श्रेष्ठ, सम्पर्क समन्वय सदस्य खुलातर्फ नरेन्द्रकुमार श्रेष्ठ र महिलामा कल्पना थापा निर्विरोध हुनुभएको छ ।

यस्तै आदिवासी जनजाति सदस्यमा खुलातर्फ आइन्द्र सुन्दर नेम्वाङ, कमलजङ्ग राई, केशव स्थापित, खगेन्द्र राई, गोकुलप्रसाद घर्तीमगर, जमिन्द्रमान घले, टेकबहादुर बलम्पाकी, डम्बरसिं सम्बाहाम्फे, डा अजयक्रान्ति शाक्य, दलबहादुर राना, दावा तामाङ, पासाङ शेर्पा, लिलबहादुर थापामगर, विद्यासुन्दर शाक्य, सिपी घर्ती, हरिबहादुर राजवंशी र हरिबहादुर राई निर्विरोध निर्वाचित हुनुभएको छ ।

आदिवासी जनजाति महिलातर्फ अमृता सुब्बा, ईश्वरी घर्ती, उर्मिला थेवे, जुनेलिमाया श्रेष्ठ, टसी स्याङ्बो गुरुङसेनी, तारादेवी राई, सावित्रा राना र सूर्यकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ । मधेशी सदस्य खुलातर्फ कुन्दनप्रसाद कुसवाहा, गङ्गाप्रसाद यादव, मोतिलाल दुगड, जगदिशप्रसाद कुसियैत, पशुपति दयाल शर्मा, प्रभु हजारा, प्रमोदनारायण यादव, राजकुमारप्रसाद गुप्ता, रामचन्द्र मण्डल, रामलाल साह, सरोजकुमार यादव, सुशीलकुमार श्रीवास्तव र हरिनारायण महतो निर्विरोध निर्वाचित हुनुभएको छ ।

मधेशी महिलातर्फ कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रीतादेवी साह, शिला यादव र सरिताकुमारी गिरी निर्वाचित हुनुभएको छ । दलित सदस्यमा महिलातर्फ विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्विरोध निर्वाचित हुनुभएको छ । थारु महिला सदस्यमा गङ्गा चौधरी र मन्जुकुमारी चौधरी निर्वाचित हुनुभएको छ ।

मुस्लिम खुला सदस्यतर्फ तैयव हुसेन मियाँ, महम्मद समिर, महम्मद हारुन हलुवाई र सिराज अहमद फारुकी निर्वाचित हुनुभएको छ । मुस्लिम महिलातर्फ साजिदा खातुन सिद्दिकी निर्वाचित हुनुभएको छ । श्रमिक खुला सदस्यमा कमल गौतम, बाबुराम थापा, रमेश बडाल र विनोद श्रेष्ठ तथा महिलातर्फ मञ्जुकुमारी थापामगर र सीता लामा निर्विरोध निर्वाचित हुनुभएको छ । पिछडिएको क्षेत्र महिलातर्फ बदमी क्वारा बुढा निर्वाचित हुनुभएको छ ।

खुला महिला सदस्यमा अम्बिका थापा, इन्दु कडरिया, उषाकिरण तिमिल्सिना, श्रीमाया थकाली, कोमल ओली, गीता अधिकारी, गोमा आचार्य, गौरीकुमारी ओली, जानुका सिङ्खडा, टुका हमाल, डा शिवमाया तुम्बाहाम्फे, तुलसाकुमारी दाहाल, थममाया थापा, दक्षिणा शाही, दीपा शर्मा र नविना लामा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी निरकुमारी कुँवर, निरुदेवी पाल, निर्मला देवकोटा, प्रतीक्षा तिवारी, प्रभा बराल, बालिका गिरी, विमला घिमिरे, बुधनीदेवी महतो, भगवती चौधरी, भगवती न्यौपाने, भारती पाठक, मनकुमारी जिसी, ममता गिरी, मीना उप्रेती, मैनाकुमारी भण्डारी, लक्ष्मी गौतम, लिलाकुमारी भण्डारी, विद्या भट्टराई, वीना राई, विन्दा ढुङ्गाना, विन्दा पाण्डे, शर्मिला कार्की र शान्ता चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।

शान्तिदेवी ढकाल, शोभा ज्ञवाली, सम्झना देवकोटा, सकुन्तला बस्नेत, सरस्वती बस्नेत, सरिता न्यौपाने, सीता गिरी, सीता न्यौपाने, सीता पौडेल, सिर्जना काफ्ले, सीताकुमारी सुन्दास, सुजिता शाक्य, सुनिता बराल र सुशीला नेपाल निर्वाचित हुनुभएको छ ।

अनुशासन आयोगको अध्यक्षमा केशवप्रसाद बडाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी र सचिवमा प्रा डा भरतराज पहारीसहित २२ सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारी र २२ सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्