Political Hightlights

एमालेको अध्यक्ष लगायत पदमा बिहान चार बजेदेखि मतदान, २० प्रतिशत मतदान हुन बाँकी

हिमालय टिभी
२०७८ मंसिर १४ गते ८:५३
एमालेको अध्यक्ष लगायत पदमा बिहान चार बजेदेखि मतदान, २० प्रतिशत मतदान हुन बाँकी

१४ मंसिर २०७८ काठमाडौं । नेकपामा एमालेको दसौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज बिहान ४ बजेबाट मतदान जारी छ ।

अध्यक्ष पदको प्रतिस्पर्धामा रहनुभएका केपी शर्मा ओलीले शुरुमा मतदान गर्नुभएको एमाले नेता तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान जारी छ र मतदान सकिएको केही घण्टाभित्रै नतिजा आउने छ । हालसम्म ८० प्रतिशतले मतदान गरेको र अबको १ घण्टाभित्र मतदान प्रक्रिया सम्पन्न हुने पनि तामाङले बताउनुभयो ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष पदका प्रतिस्पर्धी नेता भीम रावलले सदस्य नवीकरण, वितरण र प्रतिनिधि चयनमा गलत काम भएको दावी गर्दै निर्वाचनको परिणामलाई स्वीकार गर्ने बताउनुभयो ।

मतदानमा सहभागी महाधिवेशन प्रतिनिधिहरूलाई अध्यक्षका प्रतिस्पर्धी ओली पक्षका नेता–कार्यकर्ताले अर्का प्रतिस्पर्धी भीम रावल लगायत उहाँको पक्षका उम्मेदवारलाई भोट नहाल्न भन्दै पर्चा वितरण गरेका छन् ।

अध्यक्षमा ओली र रावल उम्मेदवार हुनुहुन्छ भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ । सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट प्रतिस्पर्धामाहुनुहुन्छ ।

केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । बिहान ८ बजेसम्म मतदानको समय तोकिएको भएपनि केहीबेर ढिलाई भएको निर्वाचन समितिका संयोजक डा विजय सुब्बाले जानकारी दिनुभयो । बिहान २ बजेदेखि मतदान शुरु हुने पछिल्लो कार्यतालिकामा उल्लेख भए पनि २ घण्टा ढिलो मतदान शुरु गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्