Main News

मुटुरोगको मुख्य कारण : धुमपान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १३ गते २०:२६
मुटुरोगको मुख्य कारण : धुमपान (भिडियो रिपोर्टसहित)

१३ मंसिर २०७८ काठमाडौं । मुटुरोग विश्वमा सबैभन्दा बढी मानिसको ज्यान लिने रोगको शीर्ष स्थानमा छ। सन् २००७ को तथ्यांक अनुसार नेपालमा पनि हृदयघात मृत्युको प्रमुख कारणमध्ये एक हो । धुमपान सेवनले हृदयघातका बिरामीको संख्या अझै बढाएको तथ्यांक छ ।

चुरोट स्वास्थ्यका लागि हानीकारक हो भन्ने थाहा हुँदाहुँदै पनि, युवा पुस्तादेखि वृद्ध अवस्थाका व्यक्तिहरु चुरोटको अम्मली छन् । चुरोट जुनसुकै सेवन गरे पनि, चिकित्सकका अनुसार चुरोट सेवन गर्ने व्यक्तिले आफ्नो आयु आफैले घटाइरहेको छ ।

विशेषगरी चुरोट सेवन गर्ने व्यक्तिमा अन्य रोगसँगै हृदयघातको जोखिम पनि उच्च हुन्छ । किनभने चुरोटको धुवाँले मुटुको नसालाई नै बन्द गरिदिन्छ ।

हृदयघात भएका व्यक्तिमध्ये करिब २३ प्रतिशत व्यक्तिहरु, अस्पताल पुग्न नपाउँदै मृत्युवरण गरिरहेका छन् । अस्पताल पुगे पनि १० देखि १२ प्रतिशत व्यक्तिको मृत्यु अस्पतालमै हुने गरेको छ । अकस्मात मृत्युको मुखमा नपुग्न चुरोटको सेवन बन्द गर्नुपर्छ ।

मुटु विशेषज्ञहहरुका अनुसार चुरोट सेवन गर्ने महिलालाई अन्य व्यक्तिभन्दा १३ प्रतिशत बढि हृदयघातको जोखिम हुन्छ भने पुरुषहरुलाई ८ प्रतिशत बढी हुन्छ । एकपटक हृदयघात भएको मान्छेको आयु घट्दै पनि जान्छ । चुरोटले आफ्नो शरिरमा असर पार्ने कुरा त, छदैछ । साथै हृदयघात, क्यान्सर लगायतको उपचार गर्नूपर्दा परिवारलाई पनि आर्थिक भार पर्छ । यो कुरालाई पनि बुझेर धुमपान नगर्न चिकित्सकको आग्रह छ ।

सरकारी तथ्यांकअनुसार सुर्तिजन्य पदार्थको सेवनका कारण नेपालमा वर्षैनी २४ हजार ८ सयले ज्यान गुमाइरहेका छन् । सन् २००७ देखि २०१७ सम्मको तथ्यांक हेर्दा मुटुरोगको अवस्था झन् विकराल बन्दै आएको छ। पछिल्लो १० वर्षको अवधिमा हृदयघातका कारण मृत्यु हुनेको संख्या ४६ गुणाले वृद्धि भएको छ। त्यसको कारण धुमपान गर्नेको संख्या बृद्धि हुँदै जानु पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *