कोरोनाको नयाँ भेरिएन्टले चिन्ता बढायो : डब्लुएचओ

हिमालय टिभी
२०७८ मंसिर १२ गते ९:२७
कोरोनाको नयाँ भेरिएन्टले चिन्ता बढायो : डब्लुएचओ

१२ मंसिर २०७८ न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ बढी सङ्क्रामक गराउने बताएको छ ।

सङ्गठले कोरोना भाइरसको नयाँ स्वरुपलाई लिएर चिन्ता व्यक्त गर्दै यो भाइरस तीव्र गतिमा म्युटेट हुने हुँदा थप सङ्क्रामक भएको बताएको छ । यो भाइरस निकै तिव्र गतिमा र धेरै सङ्ख्यामा म्यूटेट हुने प्रजाति रहेको पनि सङ्गठनले चेतावनी दिएको छ ।

नयाँ फेला परेको कोरोनाको नयाँ स्वरुपको सुरुवाती प्रमाणको आधारमा यो थप सङ्क्रामक रहेको र यसले गम्भीर बिरामीलाई आफ्नो चपेटामा लिने गरेको पनि सङ्गठनले बताएको छ ।

ओमिक्रोन भाइरस पहिलोपटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा फेला परेको थियो । हाल दक्षिण अफ्रिकासहित बेल्जियम र इजरायमा समेत पुष्टि भइसकेको छ ।

नयाँ स्वरुपको कोरोना भाइरस फेला परेपछि विश्वका विभिन्न मुलुकले अफ्रिकी मुलुकसँगको आफ्नो उडानहरू रद्द गरेका छन् भने उनीहरूलाई अन्य मुलुक प्रवेशमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *