Main News

जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, तीनको अवस्था गम्भीर, २५ जना घाइते

हिमालय टिभी
२०७८ मंसिर १२ गते ७:५२
जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, तीनको अवस्था गम्भीर, २५ जना घाइते

१२ मंसिर २०७८ जाजरकोट । नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस जाजरकोटको बराहचौरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका(१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *