अध्यक्ष ओलीले आज बन्दसत्रमा नयाँ नेतृत्वको नामावली प्रस्तुत गर्ने
१२ मंसिर २०७८ चितवन । चितवनमा जारी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आज अध्यक्ष केपी ओलीले नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्नुहुने भएको छ ।
विरोधकाबीच सकिएको पहिलो दिनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप अध्यक्ष ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिएको हो ।
बन्द सत्रमा नेता विष्णु पौडेलको उक्त प्रस्तावमाथि अधिकांश प्रतिनिधिले समर्थन जनाएका थिए । तर, उपाध्यक्ष भीम रावलले भने प्रस्तावको विरोध गर्नुभएको छ ।
अध्यक्ष ओलीले आज बिहान १० बजे हुने बन्द सत्रमा अनुमोदनका लागि नयाँ नेतृत्वको सूची पेश गर्नुहुनेछ । जारी महाधिवेशनमा सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास चलिरहेको छ ।
सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबारको केन्द्रीय कमिटीले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।
साविक उपाध्यक्ष भीम रावल शनिबार अबेर रातिसम्म अध्यक्ष पदमा उठ्ने आफ्नो अडानमा अडिग हुनुहुन्छ ।
प्रतिक्रिया