Main News

नेपाललाई हिन्दू राज्य घोषणा गर्ने गोप्य अभियान चलिरहेको भारतीय नेताको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ११ गते १७:१५
नेपाललाई हिन्दू राज्य घोषणा गर्ने गोप्य अभियान चलिरहेको भारतीय नेताको दाबी (भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएका विदेशी नेताहरुले नेपालमा कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र कम्युनिस्ट सिध्याउने खेल भइरहेको र नेपाललाई हिन्दु राज्य घोषणा गर्ने अभियानहरु गुप्तरुपमा चलिरहेको बताएका छन्।

एमालेको जारी बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर शर्माले नेपालमा हिन्दू राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान चलिरहको बताउनु भयो ।

उहाँले भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको बताएका छन्। भारतमा पुलिसराज बनाउन खोजिएको र सरकारविरूद्ध बोल्नेलाई मुद्दा लगाएर थुन्‍ने, धर्मको नाममा विभाजन गराउने काम भइरहेको बताउनुभयो ।

त्यसैगरी भारतीय कम्युनिस्ट पार्टी अफ इण्डिया (सीपीआई) लिबरेसनका बिहार प्रतिनिधि वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएको बताउनु भयो ।

एमाले महाधिवेशनमा शुभकामना व्यक्त गर्न नेपाल आउनु भएका कम्बोडियाका सांसद एवं कम्बोडियन पिपुल्स पार्टीका नेता यारा सोसले एमाले अधिवेशन नेपालको इतिहासमा विरलै हुने राजनीतिक घटना बनोस भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

श्रीलंकाको जेबीपीका नेता विजिता लेडारले कम्युनिस्टहरुलाई कमजोर पार्ने खेल भइरहेको समयमा एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा जाओस् भनेर शुभकामना दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *