Main News

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, २१३ संक्रमित थपिँदा ३२५ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ मंसिर ११ गते १७:०९
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, २१३ संक्रमित थपिँदा ३२५ संक्रमणमुक्त

११ मंसिर २०७८ काठमाडौं । देशभर थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

६ हजार ६ सय ३२ जनामा परीक्षण गर्दा २ सय १३ जना संक्रमित थपिएका हुन् । ४ हजार ९ सय ७ जनामा गरिएको पीसीआरबाट १ सय ९७ र १ हजार ७ सय २५ जनामा गरिएको एन्टीजेन परीक्षणमा १६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै काठमाडौंमा ९४ जना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ सय २५ जना संक्रमणमुक्त भएका छन् । देशभर अहिले ७ हजार १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् ।

आज थप १ लाख १५ हजार ४ सय ३४ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । योसँगै कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ८२ लाख ९० हजार ४ सय २ पुगेको छ ।

यस्तै, ९५ लाख ४३ हजार ४ सय ८ जनालाई खोपको पहिलो मात्रा दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *