Main News

माओवादी केन्द्रको पालिकास्तरीय सम्मेलन आज

हिमालय टिभी
२०७८ मंसिर ११ गते ९:१४
माओवादी केन्द्रको पालिकास्तरीय सम्मेलन आज

११ मंसिर २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि पालिकास्तरको सम्मेलन गर्दैछ ।

आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको माओवादी केन्द्रले पूर्वनिर्धारित तालिका अनुसार आज ७ सय ५३ वटै पालिकामा सम्मेलन गर्न लागेको हो ।

पालिकासम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो । माओवादी केन्द्रले यही मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गर्ने बताएको छ ।

पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ। सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ।

माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ।

पार्टीले विधानको व्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ।पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *