विदेश
दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ उत्परिवर्तित रुप भेटिएको वैज्ञानिकको दाबी
२०७८ मंसिर १० गते ९:२४

१० मंसिर २०७८ दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका वैज्ञानिकले धेरै उत्परिवर्तित भएको कोरोना भाइरसको नयाँ रूप पत्ता लागेको बताएका छन् ।
उनीहरूले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोरोनाको यही प्रकार दोषी रहेको बताएका छन् । यसैबीच बेलायतले, दक्षिण अफ्रिकी देशबाट आफ्नो देश पुग्ने नागरिकलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बताएको छ ।
कोरोना भाइरसको नयाँ प्रजाति भेटिएपछि बेलायतले आजरातिदेखि लागु हुने गरि अनिवार्य क्वारेन्टाइनको निर्णय गरेको हो । दक्षिण अफ्रिका, जिम्बावे, बोस्वाना, लेसोथो र इस्वातिनीबाट हुने उडान भने तत्कालका लागि निलम्बन गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोस्वानाका ५९ जनामा कोरोना भाइरसको नयाँ प्रजाति पुष्टि भएको छ ।
प्रतिक्रिया