Main News

आज पहाडी क्षेत्रबाहेक देशका धेरै ठाउँको मौसम सफा रहने

हिमालय टिभी
२०७८ मंसिर १० गते ९:१४
आज पहाडी क्षेत्रबाहेक देशका धेरै ठाउँको मौसम सफा रहने

१० मंसिर २०७८ काठमाडौं । आज पहाडी क्षेत्रबाहेक देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।

राति देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् बासीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *