प्रधानमन्त्री देउवाले बार एशोसिएशनका पदाधिकारीसँग छलफल गर्दै
१० मंसिर २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बार एशोसिएशनका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाउनुभएको हो ।
त्यही अनुसार छलफलका लागि आज बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाने तयारीमा रहेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई धारणापत्र बुझाएको थियो । त्यही धारणापत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय सुद्धीकरणको अवधराणका विषयमा छलफल हुने अध्याक्ष श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया