Main News

कांग्रेस जिल्ला अधिवेशनः कर्णालीमा संस्थापन पक्षकै बर्चश्व

हिमालय टिभी
२०७८ मंसिर ८ गते १८:५१
कांग्रेस जिल्ला अधिवेशनः कर्णालीमा संस्थापन पक्षकै बर्चश्व

८ मंसिर २०७८ सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशका जिल्ला अधिवेशनमा संस्थापन पक्षले बर्चश्व कायम गरेको छ ।

१३ औं महाधिवेशनमा कमजोर रहेको सभापति शेरबहादुर देउवा पक्ष यसपटक बलियो देखिएको हो । १० जिल्लामध्ये ६ वटा जिल्लामा देउवा पक्षले नेतृत्व हात पारेको छ । जाजरकोटमा देउवा पक्षका वेदराज सिंह सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ ।

उहाँ पौडेल पक्ष छाडेर भर्खरै देउवा समूहमा आउनुभएको हो । त्यस्तै सल्यानमा केशबहादुर विष्ट, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दिपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ ।

उहाँहरु देउवा निकट मानिनुहुन्छ । कालिकोटमा पौडेल पक्षधर नेता अम्मर बहादुर शाही सर्वसम्मत रुपमा सभापति चयन हुनुभएको छ । कर्णालीमा दैलेख, सुर्खेत र रुकुम पश्चिमको जिल्ला अधिवेशन हुन बाँकी छ ।

यता, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा प्रतिनिधिसभा दुबै क्षेत्रीय निर्वाचनमा संस्थापन इतर क्लिन स्विप भएको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको सुर्खेतमा सभापति र महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षले नै जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *