विदेश

युरोपमा कोरोनाबाट मे महिनासम्म सात लाख मानिसको मृत्यु हुने डब्लुएचओको चेतावनी

हिमालय टिभी
२०७८ मंसिर ८ गते ७:५५
युरोपमा कोरोनाबाट मे महिनासम्म सात लाख मानिसको मृत्यु हुने डब्लुएचओको चेतावनी

८ मंसिर २०७८ न्युयोर्क । विश्व स्वास्थ्य संगठनले यूरोपमा कोरोना महामारीबाट आगामी मे महिनाभित्र थप ७ लाख मानिसको मृत्यु हुने चेतावानी दिएको छ ।

यूरोपका ५३ मुलुकमा हालसम्म कोरोनाका कारण १५ लाख मानिसको मृत्यु भैसकेको छ । अहिले यूरोपमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ सयसम्म पुग्न थालेको छ ।

रुसमा मात्रै दैनिक मृत्युदर १२ सय पुगेको छ । यूरोपमा अहिले फेरि कोरोना संक्रमण दर बढ्दै गएको छ ।

अष्ट्रियामा संक्रमण बढेपछि पुनः लकडाउन गरिएको छ भने अरु मुलुकले पनि नियन्त्रणका ताजा उपायहरु शुरु गरेका छन् । फ्रान्स, जर्मनी र ग्रीसमा भने बुस्टर डोजका लागि जोड दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *