Main News

एमाले महाधिवेशन चितवनमा कसरी गरिँदैछ ट्राफिक व्यवस्थापन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ७ गते २०:४८
एमाले महाधिवेशन चितवनमा कसरी गरिँदैछ ट्राफिक व्यवस्थापन ? (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा हुनसक्ने सवारी चापलाई ध्यानमा राखेर चितवनमा ट्राफिक व्यवस्थापन चुस्त पार्ने तयारी प्रहरीले गरेको छ । यही मंसिर १० गते हुने अधिवेशनका क्रममा ट्राफिक व्यवस्था अस्तव्यस्त नहोस् भन्नका लागि कार्ययोजना बनाइसकेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनमा जम्मा चालिस जना ट्राफिक प्रहरी छन् । प्रहरी निरीक्षकको कमाण्डमा रहेका चालिस जना ट्राफिक प्रहरीले जिल्लाको यातायात ब्यवस्थापन गर्दै आइरहेका छन् ।

महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिए पछि थप ट्राफिक प्रहरीको आवश्यक्ता छ । महाधिवेशनमा यातायात सहज बनाउन के गरिरहेको छ त ट्राफिक प्रहरी ?

चितवनका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिनेछन् । उद्घाटनका दिन नारायणगढ बजारमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने छ ।

मंसिर १० गते पुर्व पश्चिम राजमार्ग भएर चल्ने सार्बजनिक सवारी साधनहरु वीचैमा रोकिनेछ । यसैगरी चितवन भएर काठमाण्डौ,पोखरा, बुटवल लगायतका स्थानमा जाने सवारीसाधन तथा यात्रुलाई बैकल्पिक बाटो भएर यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *