कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ३५१ संक्रमित थपिँदा २७३ संक्रमणमुक्त
७ मंसिर २०७८ काठमाडौं । नेपालमा ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् भने थप नौ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय २९ पीसीआर परीक्षणमा ३ सय १३ र १ हजार ४ सय ४५ एन्टीजेन परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो कूल परीक्षणको तीन दशमलब चार चार प्रतिशत हो । थपिएका संक्रमितमा काठमाडौँ उपत्यकाका १ सय ४४ जना छन् । जसमा काठमाडौँका १ सय ५, ललितपुरका ३० र भक्तपुरका ९ जना छन् ।
उपत्यकाबाहिर सबैभन्दा धेरै झापाका २६ जना छन् । पछिल्लो पटक २ सय ७३ जना संक्रमणमुक्त भएका छन् । थप नौ जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ ।
अहिले देशभर ७ हजार तीन सय जना सक्रिय संक्रमित छन् । जसमध्ये आइसीयूमा २ सय २३ र ५१ जनाको भेन्टीलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो पटक ९८ हजार ५ सय ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया