Main News

काठमाडौंमै बाँदर आतंक, जोखिममा जनस्वास्थ्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ६ गते २०:४९
काठमाडौंमै बाँदर आतंक, जोखिममा जनस्वास्थ्य (भिडियो रिपोर्टसहित)

६ मंसिर २०७८ काठमाडौं । जंगल क्षेत्र साँघुरिदै गएपछि बजार छिर्न थालेका बाँदरका हुलले काठमाडौं उपत्यका आतंकित बनेको छ । काठमाडौंका स्वयम्भू, पशुपति, बालाजु, कपन लगायत क्षेत्रका स्थानीय बाँदर आतंकबाट आजित छन् । बाँदरको संख्या वार्षिक रुपमा बढ्दै जाने तर त्यसको व्यवस्थापनमा चासो नदिइदा भविष्यमा जोखिम निम्तिने विशेषज्ञ बताउँछन् ।

यो दृष्य काठमाडौंको स्वयम्भु क्षेत्रको हो । हुलका हुल यी बाँदरले होटल व्यवसायीले बनाएको खाना तथा नास्ता लिएर भाग्ने, व्यापारीहरुको सामान छरिदिने, सामान खोसेर खाइदिने मात्र होइन हिँडडुल गर्ने सर्वसाधारणलाई समेत हैरान पार्ने गरेको छ ।

देशभर कति बाँदर छन् भन्ने सरकारसँग कुनै तथ्यांक छैन् । तर काठमाडौं उपत्यकामा मात्र हाल १ लाखभन्दा बढी बाँदर छन् । त्यसमध्ये यो स्वयम्भु क्षेत्रमा मात्र ३० हजारको हाराहारीमा बाँदर रहेका छन् । उपत्यकाको बाँदरको समस्या समाधान गर्न नसक्दा वार्षिक रुपमा संख्या पनि बढ्दै गएको छ । यसले निकट भविष्यमा ठूलो स्वास्थ्य संकट निम्त्याउन सक्ने विज्ञ बताउँछन् ।

बागमती प्रदेश सरकारले बाँदर व्यवस्थापनका लागि गत आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट नै विनियोजन गरेको थियो । तर बाँदर नियन्त्रणको प्रयास प्रभावकारी बन्न सकेन । व्यवस्थापनका नाममा एक ठाउँको बाँदर अर्को ठाउँमा लगेर छाड्ने कार्यले बाँदर व्यवस्थापनमा चुनौति थपेको छ ।

बाँदर व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता छ । अन्यथा भोलिका दिनमा यसको व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै जाने र त्यसले आर्थिकसँगै स्वास्थ्य संकट समेत निम्त्याउन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *