Political Hightlights

राप्रपा धमाधम महाधिवेशन प्रतिनिधि छान्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ६ गते २०:४४
राप्रपा धमाधम महाधिवेशन प्रतिनिधि छान्दै (भिडियो रिपोर्टसहित)

६ मंसिर २०७८ काठमाडौं । मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि अहिले प्रतिनिधि चयन प्रक्रियामा होमिएको छ । प्रतिनिधि चयनका लागि ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा राप्रपाले आजबाट निर्वाचन प्रक्रिया शुरु गरेको छ ।

राप्रपाले ३ सय ३० प्रदेशसभा निवार्चन क्षेत्रबाट कम्तिमा नौ जना र सक्रियता सदस्य बढि भएको क्षेत्रमा थप दुई गरी देशभरबाट करिब ३ हजार प्रनिनिधि चयन गर्दैछ । एकताको महाधिवेशन गर्न लागेको राप्रपाका नेताहरुले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने अपेक्षा गरेका छन् ।

महाधिवेशनमा होमिएका प्रतिनिधिहरु समेत राप्रपा अन्य पार्टी भन्दा फरक भएर प्रस्तुत हुने दाबी गर्छन् ।

राप्रपा संघीयता खारेजी, हिन्दू राज्य र राजतन्त्रको पक्षमा उभिँदै आएको छ । महाधिवेशनमा जुटेका प्रतिनिधि समेत यही एजेण्डा महाधिवेशबाट परित गर्नु पर्नेमा जोड दिन्छन् ।

ठूला दल नेपाली कांग्रेस र एमालेसमेत सर्वसम्मतिको प्रयासमा जुटिरहँदा राप्रपाले पनि महाधिवेशन प्रतिनिधि छनोटमा सर्वसम्मतिको प्रयासलाई जोड दिएको छ ।

हिन्दू धर्म र राजसंस्था आफूहरुको मात्र एजेण्डा भएको दाबी गर्ने राप्रपा यही एजेण्डाका कारण सक्रिय सदस्य थपिँदै गएको दाबी गर्छ ।

राप्रपाले यसअघि महाधिवेशनका लागि पालिका तहका अध्यक्ष ७ सय ५३, तीन सय ३० प्रदेशसभा अध्यक्ष, एक सय ६५ संघीय निर्वाचन क्षेत्रका अध्यक्ष, ७७ जिल्ला अध्यक्ष र प्रदेश अध्यक्ष सात जनालाई स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा चयन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्