Political Hightlights
कांग्रेसको आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुँदै
२०७८ मंसिर ६ गते ८:५९
६ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसले आज विभिन्न जिल्लामा क्षेत्रीय अधिवेशन गर्ने भएको छ ।
वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो ।
यो अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू निर्वाचित हुनेछन् भने अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन् ।
कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँछन् । तिनै महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्य हुने प्रावधान छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार आज ६० जिल्लाका १ सय ४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुन गइरहेको छ।
प्रतिक्रिया