Political Hightlights

एमालेले छान्यो १ हजार ९ सय ३ महाधिवेशन प्रतिनिधि

हिमालय टिभी
२०७८ मंसिर ५ गते १८:५४
एमालेले छान्यो १ हजार ९ सय ३ महाधिवेशन प्रतिनिधि

५ मंसिर २०७८ काठमाडौं । १०औं महाधिवेशनका लागि नेकपा एमालेका १ हजार ९ सय ३ प्रतिनिधि चयन भएका छन् ।

१ हजार ९ सय ९९ प्रतिनिधिमध्ये ९६ अर्थात ५ प्रतिशत मनोनयन हुन बाँकी रहेको एमालेले जनाएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बाँकी ५ प्रतिशत प्रतिनिधिको विवरण पनि छिट्टै प्राप्त हुने जानकारी दिनुभयो ।

कात्तिक ३० गतेभित्र विवरण पठाउन निर्देशन दिए पनि हालसम्म १ हजार ९ सय ३ प्रतिनिधिको मात्र विवरण आएको कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।

उहाँले एकरदुई दिनभित्र सबै प्रतिनिधिको नाम आउने बताउनुभयो । कूल प्रतिनिधिमध्ये केही थपघट हुनसक्ने उहाँले बताउनुभयो । एमालेको महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्