कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, २३८ संक्रमित थपिँदा ३७० संक्रमणमुक्त
५ मंसिर २०७८ काठमाडौं । नेपालमा कोराना संक्रमण दर घटेको छ । पछिल्लो पटक कूल परीक्षणको २ दशमलमब ६ प्रतिशतमा मात्र संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षणमा २ सय ३२ र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमा काठमाडौँ उपत्यकाका १ सय ३० जना छन् । जसमा काठमाडौँका ९८, ललितपुरका २४ र भक्तपुरका ८ जना छन् । उपत्यकाबाहिर सबैभन्दा धेरै झापाका १८ जना छन् ।
पछिल्लो पटक ३ सय ७० जना संक्रमणमुक्त भएका छन् । थप एक जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९६ पुगेको छ । अहिले देशभर ७ हजार एक सय ६४ जना सक्रिय संक्रमित छन् ।
जसमध्ये आइसीयूमा २ सय २७ र ५१ जनाको भेन्टीलेटरमा उपचार भैरहेको छ । पछिल्लो पटक ४० हजार १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया