Main News

एमाले उपाध्यक्ष रावलले अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिने

हिमालय टिभी
२०७८ मंसिर ५ गते १४:४९
एमाले उपाध्यक्ष रावलले अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिने

५ मंसिर २०७८ काठमाडौं । एमालेको १० दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिनुहुने भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली सर्वसम्मत बन्ने चर्चा चलिरहेका बेला उपाध्यक्ष रावलले ओलीसँग प्रतिष्पर्धा गर्ने हुनुभएको हो । रावलले केहीबेरमा पत्रकारसम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने उहाँको सचिवालयले जनाएको छ ।

दुई साता अघि रावलले आफ्नो गृह जिल्ला अछाममा आयोजित एक कार्यक्रममा आफू अध्यक्षमा प्रतिष्पर्धा गर्ने संकेत गर्नुभएको थियो ।

एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै रावल असन्तुष्ट रहदैआउनुभएको छ । ९ औं महाधिवेशनमा रावल माधव नेपाल पक्षबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *