Main News

जनता समावादी पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै

हिमालय टिभी
२०७८ मंसिर ५ गते ९:१४
जनता समावादी पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै

५ मंसिर २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बैठक बस्ने पार्टी कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । अधिकारीले बैठकमा हालको राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल हुने बताउनुभयो ।

साथै जसपाले पार्टीका सांसद प्रदीप यादवलाई सोधेको स्पष्टीकरणको बारेमा भने भोलि मात्र हुने उहाँले बताउनुभयो ।उहाँका अनुसार सांसद यादवले स्पष्टीकरण बुझाइसक्नुभएको छ ।

जसपाले गत कात्तिक ११ गते यादवलाई स्पष्टीकरण सोधेको थियो । सांसद यादवले मन्त्री नपाएको भन्दै जिल्लादेखि केन्द्रसम्म पार्टीको विरुद्ध आन्दोलन गर्न लगाएको भन्दै पार्टीले उहाँसँग सात बुँदे स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *